तोलामा ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us