तोलामा २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मुल्य तोलामा नै २ हजार ३ सयले वृद्धि भएको छ। बुधबार प्रतितोला १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४० हजार ५ सय निर्धारण भएको छ भने तेजाबी सुनको मुल्य पनि बढेको छ।

तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार ५ सय ५० मा कारोबार भएकामा आज १ लाख ३९ हजार ८ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार २ सय ५० ले वृद्धि भएको हो।

यसैगरी चाँदीको मूल्य तोलामा ७० ले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा खरिदबिक्री भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us