काठमाडौं। न्युरोड क्षेत्रको भत्काएको सडक विभागले पिच गर्न खोजेपछि सडक विभाग र काठमाडौं नगर प्रहरीबिच विवाद भएको छ । काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको थियो।
सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि काठमाडौं महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ ।