इजरायली पासपोर्ट बाहकहरूलाई माल्दिभ्स प्रवेशमा रोक

काठमाडौं। इजरायली पासपोर्ट बाहकहरूलाई माल्दिभ्सले प्रवेशमा रोक लगाएको छ । गाजामा हमाससँग इजरायलको लडाई चलिरहँदा माल्दिभ्सले यो घोषणा गरेको हो । आइतबार यसबारे माल्दिभ्सको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति नै निकालेको थियो । इजरायली भिसाबाहकहरूलाई छिर्न नदिन मन्त्री परिषद्ले कानून परिवर्तन गर्ने निर्णय गरेको छ ।

यस प्रक्रियालाई हेर्न एउटा उपसमिति पन बनाइने भएको छ । मन्त्री परिषद्को कार्यालयको सिफारिस पछि राष्ट्रपति मोहम्मद मुइज्जुले सो कदम चालेको विज्ञप्तिमा भनिएको छ ।

क्जष्खबm ऋझभलत
यो खबर बाहिरिएपछि इजरायलको विदेश मामिला मन्त्रालयले इजरायली नागरिकहरूलाई माल्दिभ्सको भ्रमण नगर्न भनेको छ भने त्यहाँ बसिरहेकाहरूलाई पनि छिटै निस्कन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us