आज विश्व वातावरण दिवस

काठमाडौं। हरेक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ। विश्व वातावरण दिवस नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । यसवर्ष ‘हाम्रो भूमि,हाम्रो भविष्य’भन्ने नारा तय गरिएको छ। दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले अहिले नै वातावरण संरक्षणमा जुट्न नसके आगामी पुस्तालाई जीवन जिउन कठिन हुने बताउनुभयो । उहाँले अहिले प्लाष्टिकको बोटलमा पानी खानुपर्ने अवस्थाले मानिसको जीवनमा निकै असर पुग्ने भएपनि त्यसतर्फ ध्यान दिन नसकेको धारणा राख्नुभयो ।

विश्व वातावरण दिवसलाई केवल कोठाभित्र मात्रै मनाएर नपुग्ने भन्दै वर्षभरि नै वातावरण संरक्षणको कार्यक्रम गर्नुपर्ने उहाँले बताउनुभयो। संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us