काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधवार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाउनुभएको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोदीको राजीनामासँगै उहाँले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गर्नुभएको छ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेसँगै उहाँले राष्ट्रपति समक्ष राजीनामा बुझाएको रिपोर्टमा उल्लेख छ । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ । हालै सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपाले एकल बहुमत ल्याउनबाट चुके पछि उहाँ एनडीए गठबन्धन मार्फत तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लाग्नुभएको हो। लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ जबकि भारतमा बहुमतको लागि २७२ सिट आवश्यक हुन्छ ।