काठमाडौं। नेपाली बजारमा बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम गरिएको छ । स्थानीय बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।