सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेनः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उहाँको भनाइ छ ।

‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौंले भन्यौं। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भन्नुभयो । लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उहाँको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us