टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं। टी–२० विश्वकप अन्तर्गत आज राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेल हुँदै छ । समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती ८ः१५ बजेबाट सुरु हुनेछ ।

यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर ८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

यो खेल हारेमा पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी २० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us