आजदेखि भित्रियो मनसुन

काठमाडौं। यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा आजदेखि भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रुपमा मनसुन सुरु हुने अनुमान गरिएको छ। आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us