३३.१५ अंकले बढ्यो नेप्से

काठमाडौं। मंगलबार धितोपत्र बजार मापक नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ। यस दिन नेप्से उच्च अंकले बढेसँग सबै परिसूचक हरियाली भएका छन् । गत सोमबारको तुलनामा नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ । बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक २।५८ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us