तोलामा ४०० ले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको छ । आज सुन तोलामा १ लाख ४१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us