काठमाडौं। युरोकपको १७ औं संस्करण आजदेखि जर्मनीमा सुरू हुँदैछ। जर्मनी चार पटकसम्मको विश्वकप विजेता पनि हो।
सन् २००६ मा फिफा विश्वकप आयोजना गरेयता जर्मनीले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।६ समूहमा २४ देशहरू सहभागी प्रतियोगितामा कुल ५१ खेलहरू हुनेछन्।
आयोजक जर्मनी समूह ‘ए’मा छ। उसको समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड छन्।उद्घाटन खेल आज राति पौने १ बजे जर्मनी र स्कटल्याण्डबीच हुनेछ। एलियान्ज एरिनामा हुने खेल हेर्न ठूलो संख्यामा स्कटल्याण्डका समर्थकहरू म्युनिख पुग्ने क्रम जारी रहेको बिबिसीले उल्लेख गरेको छ।
युरोकपका खेलहरू जर्मनीका १० सहरका विभिन्न स्टेडियममा हुनेछन्। यसपालि स्वीडेन, नर्वे, पोल्याण्ड लगायतका देशहरू युरोकपमा छनोट भएक छैनन्।