चितवनको विनोद सुनचाँदी पसलबाट ३ किलो सुन र ३५ किलो चाँदी लुटपाट

काठमाडौं। चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ किलो चाँदी लुटपाट भएको छ । कालिका–६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताउनुभयो ।

पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको छ । शनिवार साँझ आएका दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेका हुन् । लुटमा संलग्न आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी रिजालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us