तोलामा २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us