प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने

काठमाडौं। संसद्को पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरण सम्बन्धी सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा नदिने हुनुभएको छ।

मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने धारणा राखेको माओवादीका सचिव गणेश साहले जानकारी दिनुभयो। “प्रधानमन्त्रीज्यूले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने धारणा राख्नुभयो, बैठक पनि उहाँकै पक्षमा छ,” साहले भन्नुभयो।

प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र सत्तारूढ नेकपा (एमाले)बीच सोमबार मध्यराति सत्ता साझेदारी गर्ने सहमति भएको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

कांग्रेस र एमालेबीचको सहमतिलाई माओवादीले अप्रत्यासित भनेको छ। पदाधिकारी बैैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादीका प्रवक्ता अग्नि सापकोटोले भन्नुभयो, “अप्रत्यासित रुपमा जुन घटनाक्रम अगाडि आएको छ, त्यति स्वाभाविक, लोकतान्त्रिक मूल्य मान्यता अनुसार आएको देखिँदैन। यो प्राकृतिक जस्तो लाग्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us