काठमाडौं। सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।