काठमाडौं। भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ भने केही व्यक्ति अझै पनि बेपत्ता छन्। प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबीच बाबाको चरणको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको हो।
समाचार एजेन्सी पिटिआईले प्रशासनलाई उद्धृत गर्दै १२२ मृतकको सूची जारी गरेको छ। ज्यान गुमाउनेहरूमा अधिकांश महिला छन्। घटनामा कैयौं व्यक्तिहरु घाइते भएका छन्। घाइतेहरूलाई एटा मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ।