तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रूपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us