हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौं। पर्साको जगरनाथपुर गाउँपालिकामा २३ दिन अगाडि भएको २ जनाको हत्या प्रकरणमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पक्राउ परेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी सन्तोष प्रसाद कुम्हार र महादेव महतो नुनिया तथा बारा कलैया ५ बस्ने लक्ष्मण कुमार प्रजापतिलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार यी तीन जनासहितको टोलीले गत जेठ २९ मा बारा कलैयाका रामएकवाल पण्डित कुम्हाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैया बस्दै आएका सुरेश ठाकुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार घटनास्थलबाट बरामद कागजातको अनुसन्धान पश्चात हत्यारा पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप भइ अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us