तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us