काठमाडौं। युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति ९ः४५ बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् ।
यस्तै राति १२ः४५ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । जर्मनी समूह ए र स्पेन समूह बी मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
यसैगरी पोर्चुगल समूह एफ मा शीर्ष स्थान र फ्रान्स समूह डी मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।