तोलामा एक सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार थप १ सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us