काठमाडौं। मीनभवनमा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ । कार्यालय आज टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेको नयाँ भवन भद्रकालीमा सरेको हो ।
काठमाडौं परिसर र अनुसन्धान कार्यालय सँगसँगै जसो निर्माण थालिएको थियो । तर, ठेकेदारको बदमासीका कारण अनुसन्धान कार्यालय अझै निर्माण पूरा हुन सकेको छैन । कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले आज पूजाआजा गरी आयल निगमको भवनमा कार्यभार सम्हालेका छन् ।