हालसम्म बाढीपहिरोमा परी ७० जनाको मृत्यु

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिनुभयो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उक्त अवधिमा बाढीपहिराका ९ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र ३ सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा ४ हजार ७ सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र ९ करोड ५६ लाख ७४ हजार दुई सय ५० रुपैयाँ मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *