तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं। मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *