काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर सभा आज बस्दैछ। असार १४ गते अवरूद्ध भएको सभा आज तीन बजे बस्दैछ।
त्यतिबेला मेयर उपस्थित नहुँदा बैठक बस्न नसकेको वडाध्यक्षहरूले बताएका थिए। तर महानगरले भने गणपूरक संख्या नपुगेका कारण बैठक स्थगित गरेको बताएको थियो।
आज आगामी वर्षको २०८१ ०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची छ।
यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची छ।