कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

काठमाडौं। आज बिहान भएको फाइनलमा कोलम्बियालाई १–० गोलले हराउँदै कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फ्लोरिडाको मियामी गार्डेन्समा भएको खेलमा अर्जेन्टिनाका लाउतारो मार्टिनेजले थप समयको एक सय १२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल थप समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए । कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर फाइनल खेलमा भने त्यो नियम लागू हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।

आजको जीतसँगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि १६औं पटक उपाधि जितेको छ । उसले दुई पटक विश्वकप पनि जितेको छ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us