पेट्रोल र डिजेलको मुल्य बृद्धि

काठमाडौं । सोमबार नेपाल आयल निगमले सोमबार पेट्रोल र डिजेलको मुल्य बृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा तीन रुपैयाँ मूल्यबृद्धि भएको छ ।

भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मूल्यवृद्धि भएसँगै आजदेखि काठमाडौंमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us