७०.१८ अंकले बढ्यो नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार एकैदिन ७०.१८ अंकले बढेको छ। यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, यही दिन तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ ।

यस दिन म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् । अर्थमन्त्री पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७।१८ अङ्कले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us