चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं। चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगोमा फसेका ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको समाचारमा उल्लेख छ ।

हाल आगलागीको कारण खुल्न नसकेको तर, प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us