काठमाडौं। साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसुचक ५९.६८ अंकले बढेको छ । २.५२ प्रतिशतले बढेको नेप्से २४२४.३२ अंकमा सीमित भएको छ ।
कुल १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९५ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भयो । एकैदिन १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज फाइनान्स र हाइड्रोपावर उपसमुहको घट्यो भने अन्य उपसमुह बढ्यो । जीवन बिमा १४६.३१, लघुवित्त १३९.४०, निर्जीवन बिमा १२३.९२ अंकले बढ्यो । सबैभन्दा बढी फाइनान्स ३५.६९ अंकले घट्यो ।
सबैभन्दा बढी कमाउने कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था थ्री स्टार हाइड्रोपावर कम्पनी रह्यो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । कुमारी बैंक, प्रभु बैंक, रिभर फल्स पावर लिमिटेडको मूल्य क्रमश ९.५३, ९.५१ र ९.११ प्रतिशतले बढ्यो ।
कारोबार रकमको आधारमा नेपाल फाइनान्स, माथिल्लो तामाकोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र साइन रेसुगा विकास बैंक अघि रहे । नेपाल फाइनान्सको ४२ करोढ ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।