सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुुनको मूल्य तोलाको १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us