माटोको ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बामा नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार शुक्रबार दिउँसो १ बजे घरपझोङको ढुम्बास्थित कुछप तेरङ्गा गुम्बाको नाली खन्नेक्रममा माटोको ढिस्को खसेर पुरिँदा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ का २२ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल पुगेको सेना, प्रहरी समेतको सहयोगमा डोजर प्रयोग गरी ढिस्कोको माटो पन्छ्याएर शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पुर्‍याइएको छ । प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको र आफन्त आएपछि शव बुझाइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us