पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us