एमालेले लुम्बिनीमा चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने

काठमाडौं। नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताउनुभयो ।

लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लाग्नुभएको एमाले स्रोतले बताएको छ । आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित हुनुभएको हो ।

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us