२.१५ अंकले बढ्यो नेप्से

काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजार २.१५ अंकले बढेर २४८८ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सात वटा उपसूचक हरियाली भएको छ । उक्त दिन मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, नेपाल फाइनान्सको ८.६७ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको ७.९३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ७.९० प्रतिशत, बलेफी हाइड्रोपावरको ६.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us