सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनकै मूल्यमा सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदी १ हजार ७ सय ९० रुपैयाँ छ ।

यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता तोलामा ३ हजार ५ सय रुपैयाँ मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us