११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय पाँच रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us