तोलाको १ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको १ सयले घटेर १ लाख ४६ हजारमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *