३५.५५ ले बढ्यो नेप्से

काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज सेयर बजार ३५.५५ ले वृद्धि भएको छ । जसअनुसार आज नेप्से परिसूचक दोहोरो अंकको अंकले बढेर २६९६.६५ को विन्दुमा पुगेको छ ।

मंगलबार ३२९ कम्पनीको २ लाख ६ हजार ६ सय ४३ पटकको कारोबारमा ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज १३ उपसमूहमध्ये ४ वटा घटेको छ भने ९ वटा बढेको छ । सर्वाधिक बढ्नेमा होटेल र पर्यटन रहेको छ। मंगलबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us