तोलाको २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको २ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us