काठमाडौं। आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबिच उनलाई मिस नेपाल वर्ल्डको ताज विजेता घोषित गरिएको हो ।
मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५(२५ हजार नगद पुरस्कार हात पारे ।