४०.७६ अंकले बढ्यो नेप्से

काठमाडौं। सोमबार सेयर बजार ४०.७६ अंकले बढेर २७९६ अंकमा पुगेको छ । सेयर बजारमा कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.६९ प्रतिशत बढ्यो । त्यस्तै अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशत बढे । बैंकिङ ०.५०, विकास बैंक ०.१५, फाइनान्स ४.६१ प्रतिशत घटे । उत्पादन ०.५१ तथा माइक्रोफाइनान्स सूचक ०.७५ प्रतिशत घटेका छन् ।

रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, कुथेली बुकरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रो नेपाल, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । रावा इनर्जीको ९.८ तथा हिमालयन रिइन्स्योरेन्सको ९.७ प्रतिशत मूल्य बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *