तोलामा २३ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । अघिल्लो दिन प्रतितोला ३ सय रूपैयाँले बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य यसदिन प्रतितोला २३ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७ सय रूपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै मंगलबार मंगलबार चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ। मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।

यसअघि सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us