१४५ अंकले घट्यो नेप्से

काठमाडौं। मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट आएको छ। एक महिना यता लगातार बढेर झण्डै २८०० को विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक भारी अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । २३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us