काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतको भिड्दै

काठमाडौं। काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा उपाधिका लागि नेपालले आज भारतको सामना गर्ने भएको छ। यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो ।

सेमिफाइनलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका छन्। घरेलु कोर्टमा भइरहेको फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us