काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि शुरु हुँदैछ। पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । त्यसका लागि पाँच सय ५० केन्द्र तोकिएको छ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
सरकारले यो वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् ।
यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन्।