काठमाडौं। नेप्से परिसूचक बुधबार १०८ अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०८.३५ अङ्कले बढेर २७५९.६७ विन्दुमा पुगेको छ।
मंगलबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको थियो। मंगलबार एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको थियो। आज कारोबार रकम भने घटेको छ। हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ। आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ।