काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । हिजो १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो १६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।